२०८३ बैशाख १४ गते सोमवार

टी २० क्रिकेटमा नेपालले मलेसियालाई ७ विकेटले हरायो


काठमान्डौं, असार २८ । नेपालले मलेसियालाई शनिबार ७ विकेटले हराएको छ। मलेसियाले दिएको १२९ रनको लक्ष्य नेपालले १८.३ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्न सफल भएको हो । नेपालको जितमा कप्तान पारसले नटआउट ८६ रनको योगदान गरे। टी २० खेलमा पारसको यो दोस्रो अर्धशतक तथा व्यक्तिगत उच्च स्कोरपनि हो।

कप्तान पारसले ५० बलमा ८ चौका र ५ छक्का प्रहार गर्न सफल भएका थिए । पारस खेलको म्यान अफ दि म्याचपनि घोषित भए। कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेपछि नै नेपालले पहिलो अन्तराष्ट्रिय टी २० खेलमा मलेसियालाई हराउन सफल भएको हो । खेलमा शरद भेषवाकारले नटआउट १६ रन जोड्दै २० बलमा १ चौका प्रहार गर्न सफल भएका थिए ।

प्रदीप ऐरीले ८ रन ,ज्ञानेन्द्र मल्ल २० रनमा ७ रन ,रोहितकुमार पौडेलले ५ रन मात्र जोड्न सके।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम मलेसियाले २० ओभरमा ९ विकेटको क्षतिमा १२८ रन बनाएको थियो ।

बलिङमा नेपालका लागि करण केसीले ३ विकेट लिए। उनले ३ वटै विकेट अन्तिम ओभरमा लिएका थिए।सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २÷२ विकेट लिए।

सोमपाल कामीको नाममा १ विकेट लिन सफल भएका थिए । नेपालले आगामी साउन ६ गतेदेखि सिंगापुरमा हुने आइसिसी टी–० विश्वकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि मलेसियासँग सिरिज खेलेको हो।

त्यसैगरी बलिङमा मलेसियाका अनवार रहामानले २ विकेट लिन सफल भएका थिए ।

मलेसियाका लागि ओपनर विरन्दीप सिंहले ५७ रनको योगदान दिए। उनले ४९ बलमा ७ चौका र १ छक्का हर्काए।

कप्तान अहमेद फायजले ४५ रन जोडे। उनले ३९ बलमा २ छक्का प्रहार गरे। अर्का ओपनर सयेद अजिज भने शून्यमै आउट भएका थिए। उनलाई सोमपाल कामीले बोल्ड गरे।

फित्री सामले १२ रन जोड्दा साफिक सारिफ २ रन र अमिमिद्दीन राम्मी ० मा पेभिलियन फर्केका थिए । दोस्रो टी–२० खेल आइतबार किनरारा ओभलमै हुनेछ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *