दाङ, असोज १० । कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा धनगडी उपमहानगरपालिका – १२ का १९ बर्षीय गणेश कँुवर र सोही ठाउँका १८ बर्षीय अनिस सिंह रहेका छन् । सिंहले हाँकेको मोटरसाइकल पछाडि कुँवर सवार थिए ।
बिहीबार बेलुकी सवा ७ बजेतिर कैलाली उपमहानगरपालिका – ७ स्थित सडक खण्डमा रोकिराखेको सु.प्र.०१–००१ क १६९० नम्बरको ट्रकमा सिंहले हाँकेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल पछाडि ठोक्किएको थियो ।
गम्भीर अवस्थाका दुबै जना घाइतेलाई उपचारका लागि सुदुरपश्चिम प्रादेशिक अस्पतालमा लगिएकोमा चिकित्सकले दुबै जनालाई केही बेरमै मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजकुमार सिंहले ट्रक र चालकलाई नियन्त्रणमा लिइएको बताए । घटनाबारे अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार