
असार २६ । भारतको बैंगलोरमा भवन भासिँदा ३ नेपालीसहित ५ जनाको मृत्यु भएको छ । घर भासिदा बैंगलोरको शिवनगरस्थितa ‘साइ आदि अम्बल’, अपार्टमेन्टमा सुरक्षागार्डका रुपमा काम गर्ने बगाडाका २८ वर्षीय नारायण खड्का, उनकी पत्नि २६ वर्षीया निरु र चार वर्षीया छोरी अनुष्कामो मृत्यु भएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उनीहरु बझाङको थलारा गाउँपालिका–२ बगाडा निवासी हुन । घटना बुधबार राति २ बजेतिर भएको थियो । भवन भासिएको १२ घण्टापछि मात्रै शव निकालिएको थियो । पार्किङसहितको भुइँतलामा खड्का परिवारको बसोबास थियो। त्यो घटनामा परि भारत बिहारका अन्य दुईजनाकोपनि मृत्यु भएको छ ।एजेन्सी
प्रकाशित मिति : २०७६ असार २६ गते बिहिवार