२०८३ असोज ३ गते शनिवार

संविधानको पूर्ण कार्यान्वयन बाट निकास संभव छ – मुख्यमन्त्री आचार्य


तुलसीपुर, असोज ३ ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको विषम परिस्थितिको निकास संविधानको पूर्ण कार्यान्वयन बाट संभव हुने बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवस – २०८३ का अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले संविधानले सुनिश्चित गरेका नागरिक अधिकारको व्यवहारिक कार्यान्वयन र संवैधानिक व्यवस्थाको प्रभावकारी सञ्चालन आजको आवश्यकता रहेको बताए ।

उनले संविधान राजनीतिक स्थायित्व, सामाजिक न्याय र समृद्धिको आधार भएको उल्लेख गरेका छन् । संविधानको मर्मअनुरूप अघि बढ्न राष्ट्रिय एकता, सहकार्य र जिम्मेवारी बोधलाई सुदृढ गर्नुपर्ने उनको भनाइ छ ।
उनले लुम्बिनी प्रदेश सरकार संविधानप्रदत्त अधिकारको कार्यान्वयन, संघीयताको सुदृढीकरण र नागरिक केन्द्रित सेवाका लागि प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । सुशासन, पारदर्शिता, जवाफदेहिता र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राख्दै नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाहमा जोड दिदै आइएको उनले दाबी गरेका छन् ।

मुलुकको नयाँ संविधान २०७२ साल असोज ३ गते जारी भएको थियो ।

प्रकाशित मिति : २०८३ असोज ३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *