२०८३ असार ५ गते शुक्रवार

रहरपुरमा ट्याक्टर दुर्घटनामा प्रहरीसहित दुई जना घाइते

तुलसीपुर, साउन १ । दंगीशरणको रहरपुरमा बिहीबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जना प्रहरी जवानसहित दुई जना घाइते भएका छन् ।

दंगीशरण गाउँपालिका–१ रहरपुरका २५ बर्षीय प्रहरी जवान शिवन चौधरी र सोही ठाउँका १८ बर्षीय छितिज चौधरी घाइते भएका छन् । दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।

शिवजनको दायाँ खुट्टा र छितिज चौधरीको खुट्टा र अनुहारमा चोट लागेको छ । घाइते दुबै जनालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेका लागि रिफर गरिएको छ ।

प्रहरी चौकी हिवुवा काभ्रेमा दरबन्दी भइ प्रहरी चौधी रोसी काभ्रेमा कार्यरत शिवन चौधरी घर बिदामा आएको समयमा घरासयी कामका लागि ट्याक्टरमा चढेको बेला दुर्घटनामा परेका हुन । दुर्घटनामा परेको ट्याक्टर शिवनकै घर परिवारको हो ।

दिउँसो साढे ३ बजेतिर दंगीशरण–१ को बाँकीबाट रहरपुरतर्फ जादै गरेको रा १ त ४९९८ नम्बरको खाली ट्याक्टर भित्री सडकखण्डमा अनियन्त्रित भइ दुर्घटनामा परेको थियो ।


प्रहरी चौकी गोल्टाकुरीका प्रमुख प्रहरी सहायक निरीक्षक कन्हैयालाल चौधरी र प्रहरी चौधरी बागरका ट्राफिक प्रहरी बरिष्ठ हवल्दार निमबहादुर सुनारसहितको टोली घटनास्थल पुगेर घाइतेलाई उद्धार गरि उपचारका लागि तुलसीपुर पठाएको थियो ।

ट्याक्टर धनि तथा चालक स्थानीय ३१ बर्षीय रामबहादुर चौधरी प्रहरी नियन्त्रणमा छन् । दुर्घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *