२०८३ बैशाख १४ गते सोमवार

तुलसीपुरको सक्सेसले जित्यो लिग फूटवलको उपाधि

तस्बिर : राजेश खत्री

दाङ,असार २१ । जिल्ला स्तरिय लिग फूटवल प्रतियोगिताको उपाधि सक्सेस युथ क्लब तुलसीपुरले जितेको छ । शुक्रवार बेलुका भएको फाईनलमा भिड्न्तमा तुलसीपुरकै स्पोर्ट्स स्कुल फुटबल एकाडेमीलाई १ का विरुद्ध ३ गोल गर्दै सक्सेसले उपाधि रक्षा गरेको हो । यद्यपी पहिलो गोल स्पोर्ट्स स्कुल फुटबल एकाडेमी (एसएफएफए) ले गरेको थियो । खेलको २९औं मिनेटमा निशान बालान क्षत्रीले एसएफएफएका लागि गोल गरेको खाता खोलेका थिए ।

तर खेलको दोस्रो हाप पछि भने सक्सेस खेलको लयमा फर्कियो । सक्सेसका लागि खेलको ५८औं मिनेटमा पहिलो गोल दुर्गा रावतले गरे । त्यसको लगतै ४ मिनेटको अन्तरालमा फेरि अर्जुन नेपालीले टिमको लागि ६२औं मिनेटमा टोस्रो गोल थपे । सक्सेसलाई ३ गोलको फराकिलो अन्तरले विजयी बनाउन खेलको ७०औं मिनेटमा सन्तोष  रावतले तेस्रो गोल गरेका थिए । त्यो बीचमा एसएफएफएले अरु गोल थप्न नसकेको प्रतियोगिताका फोर्थ अफिसियल केशव चौधरी (मिग्मा)ले जानकारी दिए । अब सक्सेस क्लवले ५ नं. प्रदेश स्तरिय लिग फूटवल खेल्न पाउने भएको छ । त्यो खेल कहिले र कहाँ हुने भन्ने टुङ्गो भने लागि सकेको छैन ।

अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगिता २०७६ को फाईनलमा खेलपनि बेलझुण्डी रंगशालामा भएको थियो ।

प्रतियोगिता अन्तरगत बुधबार भएको सेमिफाइनल खेलमा यूएनबिसी घोराहीलाई १ विरुद्ध २ गोल अन्तरले हराउँदै स्पोर्ट्स स्कुल फुटबल एकाडेमीले फाईनल यात्रा तय गरेको थियो ।

त्यस्तै बुधवार बेलुका भएका नै भएको दोस्रो सेमिफाइनलमा खेलमा राप्ती स्पोर्ट्स क्लब घोराहीलाई सून्यका विरुद्ध २ गोल अन्तरले हराउँदै तुलसीपुरको सक्सेस युथ क्लबले फाईनलको यात्रा तय गरेको थियो ।

 

प्रकाशित मिति : २०७६ असार २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *