
शरद रेग्मी,
दाङ ,अषाढ ४ । प्रदेश नम्बर ५ का प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक पिताम्बर अधिकारीलाई बुधबार दाङका सामाजिक सङघ सस्थाहरुले बिदाइ गरेका छन । तुलसीपुर उधोग बाणिज्य सङघको आयोजनामा भएको कार्यक्रममा बोल्दै डिआईजी अधिकारीले कानुनी सर्बोच्चता अनुरुप नेपाल प्रहरी अगाडि बढनुपर्ने धारणा राखे । ‘कानुन भन्दा बाहिर गएर काम गर्ने अधिकार कसैलाई पनिछैन । सबै कानुन कार्यन्वयन गराउने निकाय भनेको प्रहरी हो,’ डिआईजी अधिकारीले भने । त्यसक्रममा उधोग निजी क्षेत्र र उद्योग बाणिज्य सङघहरुले खेलेको सकारात्मक भूमिकाको प्रशंशा पनि गरेका थिए ।
नागरिक प्रहरी साझेदारी कार्यक्रममा उधोग बाणिज्य सङघ,स्थानीय निकाय र संघ सस्थाको भुमिका प्रशसनिय रहेको अधिकारीले बताए । तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत ,पूर्व अध्यक्ष अध्यक्ष बिमल रिजाल ,सल्लाहकार तथा राप्ती बस समितिका अध्यक्ष सुरेश हमाल,दुर्गा प्रसाद भुषाल लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा बरिष्ठ उपाध्यक्ष रामप्रसाद चालिसेले धन्यवाद ज्ञापन गरेका थिए ।
