दाङ, असोज ६ ।
सुर्खेतमा फरुवा प्रहर गरि श्रीमानले श्रीमतिको हत्या गरेका छन् ।
जिल्लाको चौकुने गाउँपालिका – ५ रेक्चाकी ३० बर्षीया चन्द्रा देवकोटा जैसीको घरमै हत्या भएको हो ।
मंगलबार बिहान सवा १० बजेतिर घरमै ३२ बर्षीय गोपीराम जैसीले आफ्नै श्रीमति चन्द्राको टाउकोमा फरुवाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या आरोपी गोपीराम पक्राउ परेका छन् ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर बाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
हत्या घटना बारे थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार
