२०८३ भाद्र ३१ गते बुधवार

सामूहिकतामा काम गर्ने अभ्यास आवश्यक छ – नवनियुक्त प्रमुख सचिव कुँवर


तुलसीपुर , भदौ ३१ ।


लुम्बिनी प्रदेशका नव नियुक्त प्रमुख सचिव विनोदबहादुर कुँवरले जिम्मेवारी सम्हालेका छन ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ २५ गतेको निर्णय बाट उनी लुम्बिनीको प्रमुख सचिव पदमा बढुवा गरिएका थिए ।
उनले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रमुख सचिवको जिम्मेवारी सम्हालेका हुन ।

जिम्मेवारी सम्हालेपछि उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रालयका सचिव तथा कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरिएको थियो । त्यसपछि मुख्यमन्त्री चेतनारायण आचार्य, भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीलगायतसंग प्रमुख सचिव कुँवरले भेट गरेका थिए ।

त्यसक्रममा प्रदेश सचिव निता पोखरेल अर्यालले लुम्बिनी प्रदेशको समग्र अवस्था, प्रशासनिक संरचना, जनशक्तिको अवस्था तथा प्रदेश सरकारका प्राथमिकताबारे जानकारी गराएकी थिइन ।

प्रमुख सचिव कुँवरले शासन प्रणालीमा सुधार गर्दै नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन मार्फत परिणाम दिन लाग्नु पर्ने बताएका थिए ।
शासकीय सुधारको नीति लिएर काम गर्दा परिणाम दिन सकिने बताए । प्रदेश सरकारका कामलाई प्रभावकारी बनाउन सामूहिकतामा काम गर्ने अभ्यास आवश्यक रहेको र त्यसमा आफूले जोड दिने उनले बताएका थिए ।

कर्मचारीको मनोबल उच्च राखेर काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै कुँवरले उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गरे ।

प्रकाशित मिति : २०८३ भाद्र ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *