श्रीराम दहित,
चाँदनीचोक, जेठ २८ । अमिलिया तुलसीपुर सडक खण्डको जंगलमा सोमबार बेलुका ८:०० बजे लुटपाट भएको छ । कुसुम देखि तुलसीपुर जाँदै गरेको रा ३ प ६५९३ नम्बरको मोटरसाइकलमा सवार नेपालगंज बस्ने अन्सार अन्सारीको साथमा रहेको ६ हजार नगद तथा सामसुङ कम्पनीको १५ हजार मुल्य पर्ने लुटेरा समूहले हातपात गरि लुटि लगेका हुन् ।
५ जनाको लुटेरा समूह संग छुरी र लट्ठी हतियार रहेको पीडित अन्सारीले जानकारी दिए । ईलाका प्रहरी कार्यालय अमिलिया तथा अस्थायी प्रहरी चौकी दमारगाउँको प्रहरीले लुटेरा समुहको खोजी कार्य बढाएको जनाएको छ ।
प्रकाशित मिति : २०७६ जेष्ठ २८ गते मङ्गलवार
