दाङ, भदौ २९ । दाङको घोराहीमा मदिराले मातेका कार चालकले पुलबाट कार खोलामा खसालेका छन् ।
घोराही–लमही सडकखण्डअन्तर्गत घोराहीको कटुवाखोला पुलबाट सोमवार सोमबार राति करिव साढे नौ बजेतिर बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्वरको कार पुलबाट खोलामा खसेको थियो ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले मदिराले मातेका कार चालकले चलाएको कार पुलबाट तल खोलामा खसाएको बताए ।
मापसे सेवक गरेर गाडी चलाउँदा पुलमा अनियन्त्रित भएर कार खोलामा खस्दा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका छन् ।
घाइते केसीको निधार र छातीमा चोट देखिएको डिएसपी मल्लले बताए । घाइतेको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । कारमा केसी एक्लै यात्रारत रहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार
