२०८३ बैशाख १४ गते सोमवार

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं ,फागुन २४ । आज प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि तय भएको छ ।

आजको बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यसका साथै महिला तथा सामाजिक मामिला समितिका सभापति किररणकुमार साहले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने छन् ।

यसअघि २१ गतेका लागि तय भएको बैठक सत्ता समीकरण बदलिएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो । नयाँ गठबन्धन बनेपछि संसदको कार्यसूची पनि प्रभावित भएको छ ।

२१ गतेकै बैठकमा आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गर्ने तयारी गरिए पनि पछि सरेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *