
दाङ, वैशाख २८ । दाङमा पनि आगलागीवाट एकजना गम्भीर घाइते भएका छन् । शनिवार दिउँसो ३ बजेतिर जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ तित्रकोटलोसे निवासी ७० बर्षीय नवराज थापा मगर गम्भीर घाइते भएका छन् । मगरको शरिरको पछाडिको भाग जलेको प्रहरीले बताएको छ ।
मगर लमहीको उपचार पछि घर फर्किएको प्रहरीले जानकारी दिएको छ । आगलागी बाट मगरको घरका साथै नजिकै रहेको थप दुई वटा गोठमा समेत आगलागी हुँदा २ वटा बाख्रा र ४ वटा बंगुरको बच्चा समेत जलेर मरेको प्रहरीले बताएको छ । आगलागी वाट झन्डै ७ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७६ बैशाख २८ गते शनिवार