काठमाण्डौ ,असार १० । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाने भएका छन् । आगामी मंगलबार साँझ एक टोलीसहित श्रेष्ठ चीनको छेन्दु शहरमा जाने उनको सचिवालयले जनाएको छ।
चीनको छेन्दुमा आयोजना गरिएको एक व्यापार मेलामा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका हुन्।
उनको टोलीमा गृह मन्त्रालयका केही सहसचिव पनि रहने उनको सचिवालयले जनाएको छ। चारदिने भ्रमणका क्रममा केही भेटघाट र विश्वविद्यालय भ्रमण लगायतको कार्यक्रम छ।
प्रकाशित मिति : २०८० असार १० गते आइतवार