२०८३ असोज २९ गते बिहिवार

दंगीशरणमा चट्याङ लागेर एकै दिन दुइ युवाको मृत्यु

तुलसीपुर, असार ९ । दाङको दंगीशरणमा शनिबार बेलुकी चट्याङबाट करिब एकै साथ दुइ युवाको मृत्यु भएको छ ।

दंगीशरण गाउँपालिका वडा नं. ६ का ३२ बर्षीय शमिर केसी र वडा नं. ३ का ३७ बर्षीय रामनारायण चौधरीको बेलुकी पख चट्याङबाट मृत्यु भएको छ । खेतमा काम गरि रहेका केसी र तरकारी टिपेर घर तर्फ फर्किरहेका चौधरीलाइ बेलकी पख चट्याङले हानेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले दुबै घाइतेको उपचारका क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको जानकारी दिए ।
केसीको पौने ६ बजेतिर र चौधरीको करिब पौंने सात बजेतिर मृत्यु भएको डिएसपी मल्लले बताए । दाङका बिभिन्न भागहरुमा शनिबार दिउँसोदेखि नै चट्याङसहित बर्षा भइरहेको छ । दुबैको शब राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका राखिएको छ ।

प्रकाशित मिति : २०८० असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *