२०८३ असोज २९ गते बिहिवार

सुनिताको उपचारका लागि अमेरिका बस्ने नेपालीबाट सहयोग प्राप्त

दाङ, असार ७ । गाडी दुर्घटनामा गम्भीर घाइते भइ लामो समयदेखि उपचाररत सल्यान कुमाख गाउँपालिका जिमालीकी सुनिता वोहरा पुनलाई अमेरिका बस्ने नेपालीबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

बोल्न र हिड्डुल गर्नपनि नसक्ने सुनिताको थप उपचार आर्थिक अभावका कारण हुन सकिरहेको छैन ।

त्यो कुरा सार्वजनिक भएपछि अमेरिकाको भर्जिनियामा वस्दै आएका जुली वली लगाएतले त्यहाँ शंकलन गरि पठाएको ६५ हजार रुपैंया बुधबार हस्तान्तरण गरिएको छ ।

सल्यानवाट प्रतिनिधित्व गर्ने सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्राप्त सहयोग रकम हस्तान्तरण गरेका हुन ।

सुनिता हाल काठमाडौंको ट्रमा सेन्टरमा उपचारत छिन । मन्त्री ज्वाला आँफै अस्पताल पुगेर सहयोग हस्तान्तरण गरेका हुन ।सल्यान घर भइ हाल बाँके बस्दै आएका बिमल चन्दले सुनिताको दर्दनाक अवस्था देखेर आँफुले उक्त सहयोग जुटाउनका लागि आग्रह गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *