काठमाडौं ,असार ५। सरकारले बाढीपहिरोबाट मृत्यु भएकाको परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत दिएको जनाएको छ ।
संसदमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक जनाको मृत्यु भएमा १ लाख र परिवारको अर्को सदस्यको पनि मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख राहत उपलब्ध गराउने बताए ।
घरबास नभएकालाई तत्कालका लागि २० हजार रुपैयाँ उपलब्ध गराएको पनि उनले बताए ।
प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
