२०८३ बैशाख १२ गते शनिवार

गुरिल्ला अल्ट्राट्रेल रेस प्रतियोगिता सम्पन्न


सुर्य प्रकाश बुढामगर,रुकुम पुर्ब,असार ३ ।भूमे गाउँपालिकामा ५२ किलोमिटर दुरिको पाचौं गुरिल्ला अल्ट्रा ट्रेल रेस प्रतियोगिता सम्पन्न भएको छ।

५२ किलोमिटर अन्तर्गत पुरुष तर्फको उपाधी रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ का भुवन ओलीले जितेका छन । उनी निर्धारित ५२ किलोमिटर दुरी ६ घण्टा ८ मिनेट ९ सेकेण्डमा पार गर्दै ओली पुरुष तर्फ प्रथम हुन सफल भए।

रुकुम पश्चिम सानीभेरी गाउँपालिका ३ कै अर्जुन कुमार बस्नेतले निर्धारित दुरी ६ घण्टा ८ मिनेट १९ सेकेण्डमा पार गर्दै दोस्रो भए।भूमे गाउँपालिका-३ का शक्तिराम रोका निर्धारित दुरी ६ घण्टा १५ मिनेटमा पार गर्दै तेस्रो भए।

रोल्पा थबाङ गाउँपालिका-१ का मनकुमार रोकामगरले ६ घण्टा २३ मिनेट १ सेकेण्डमा पुरा गर्दै चौंथो भए।

त्यस्तै रुकुम पश्चिमको मुसिकोट नगरपालिका-७ का दुर्गाराज बुढा पाँचौं,सानीभेरी गाउँपालिका-३ का लक्ष्मण केसी छैटौं,भूमे गाउँपालिका-२ का हिमाल बुढा सातौं,भूमे गाउँपालिका-१ का माइकल घर्ती आठौं,पुथाउत्तरगंगा गाउँपालिका १० का दशरथ बुढा नवौं र भूमे गाउँपालिका ६ का राजिधन बुढा दशौं भए।पुरुष तर्फ २५ धावकले प्रतिस्पर्धा गरेका थिए।महिला तर्फ निर्धारित ५२ किलोमिटर दुरी ८ घण्टा १५ मिनेटमा पार गर्दै सोलुखुम्बुकी अनिता राई प्रथम भए।

९ घण्टा १० मिनेट ३ सेकेण्डमा दुरी पार गर्दै भूमे गाउँपालिका-८ की सोनिका खड्का द्वितीय र १० घण्टा १५ मिनेट २ सकेण्डमा दुरी पार गर्दै भूमे ६ की अनिता बुढामगर तृतिय भए।

महिला तर्फ ९ धावकले प्रतिस्पर्धा गरेका थिए।महिला र पुरुषको पुरस्कार सम्मान राखिएको थियो।महिला र पुरुष विजेताले ५० हजार, उपविजेताले ३० हजार,तेस्रोले १५ हजार र चौंथो स्थान हासिल गर्नेले ८ हजार नगद पुरस्कार प्राप्त गरे।पाँचौं देखि दशौं स्थानसम्म हाँसिल गर्ने धावकले समान ५ हजार नगद पुरस्कार पाएका थिए।

भूमे गाउँपालिका वडा नम्बर ६ महतबाट सुरु भएको दौड ऐतिहासिक गाउँ रोल्पाको थवाङ,जलजला,मारिङ लगायतका ठाउँ हुँदै वडा नम्बर २ को खाबाङ बगर पुगेर सम्पन्न भएको थियो।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *