२०८३ असोज २९ गते बिहिवार

कोइलाबासमा पानी अभाव भएपछि दमकलबाट पानी वितरण


तुलसीपुर,जेठ २९ । दाङको कोइलाबासमा पानी अभाव भएपछि गढवा गाउँपालिकाको दमकलमा पानी भरेर वितरण सुरु गरिएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने कोइलाबासमा पानी अभाव पाएपछि गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, गढवा ५ का वडाध्यक्ष लेखबहादुर थापा, प्रशासन शाखा प्रमुख पुनाराम शर्मा र पालिका कर्मचारीकाे टाेलीले पानी वितरण गरेकाे हाे ।

कोइलाबासमा रहेका सरकारी, गैरसरकारी सङ्घ–संस्था तथा स्थानीयकाे घरघरमा पुगेर पानी वितरण गरिएको र यो प्रक्रिया पानीको व्यवस्थापन नहुँदासम्म चालिरहने गाउँपालिकाका अध्यक्ष पोख्रेलले जानकारी दिए ।

लामाे समयसम्म पानी नपरेपछि खडेरीका कारण सर्वसाधारण गर्मीका कारण हैरान भएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *