२०८३ असोज २९ गते बिहिवार

दंगीशरणको सार्वजनिक सुनुवाईमा कस्ले-के राय दिए ?

दंगीशरण,जेठ २४ । दंगीशरण गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले बुधवार एक कार्यक्रमको आयोजना गरि गाउपालिका स्तरिय सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।

सहभागी पूर्ण भण्डारीले गाउँपालिका – १ विकट क्षेत्र फुर्केसल्ली बाँके राष्ट्रिय निकुञ्जको मध्यबर्ती वन क्षेत्र पर्ने भएकाले त्यहा बन्यजन्तुले दिएको सास्तिबारे ध्यानआर्कषण गराएका थिए ।

बन्यजन्तुले गाउँलेहरुको बालिनाली नास गर्दिनाले बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको ध्यान केन्द्रित गराए ।

नबराज शर्मा पार्धेले व्यक्तिगत घटना दर्ता गर्दा वडाले शुल्क अशुल्नु गलत भएको बताएका थिए । उनले पालिकाबाट निशुल्क रुपमा यो सेवा सुरुवात गर्न आग्रह गरे ।

हिरा चौधरीले गाउँपालिकाले द्वन्द्व पीडितहरुको एकिन तथ्यांक संकलन गरि उनीहरुको लागि आर्थिक सहयोग–एकल भत्ता बितरण कार्यलाई अगाडि बढाउनु पर्ने सुझाइन ।

कार्यक्रममा गाउँपालिकावासीले विकास निर्माणका कार्यदेखी शिक्षा,स्वास्थ्य, कार्यालयको सेवा प्रवाह, लक्षित समुहले पाउने सेवा सुविधा नपाएको, बास्तविक किसानले कृषि कार्यक्रम नपाएको लगाएतका थुप्रै विषयबस्तुमा प्रश्नहरु गरेका थिए ।
कार्यक्रममा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका चित्र स्वर्णकारले जनताले अपेक्षा गरे अनुरुप बिकास निमार्णका कामले फड्को मार्न नसकेको गुनासो गरेका थिए ।

नेपाल पत्रकार महासघ दाङकी सहसचिब दिप्ती शिखा चौधरीले पश्चिम दाङका स्थानीय तहहरु मिडियामुखी बन्न नसकेको गुनासो गरिन । उनले स्थानीय तहले स्थानीय स्तरका मिडिया र पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै यसलाई सुधार गरि सुचना सम्प्रेशनलाई चुस्तदुरुस्त बनाउन आग्रह गरिन ।

अपांग सन्जालको अध्यक्ष रोशन गिरीले अपांगता भएका व्यक्तीहरुको लागि सहायक सामाग्री र अपांगता परिचय पत्र वितरण कार्यलाई प्रभावकारी बनाउन सुझाव दिए । ओरेक दाङकी कार्यक्रम सयोजक पूजा चौधरीले गाउँपालिकाले हरेक गतिविधिको एकीकृत तथ्याङ्क राख्नुपर्ने बताइन । उनले महिला प्रजनन् स्वास्थ्य,किशोर–किशोरी मैत्री पालिका बनाउन विषेश योजनाहरु ल्याउन सुझाव दिइन ।
स्थानीयवासी एवं संचारकर्मी चेतन वलीले गाउँपालिकाले वडा–वडामा पुगेर नागरिकहरुका समस्या सुन्ने गरेता पनि कार्यान्वयन भने कम मात्रामा हुने गरेको भन्दै त्यसका सुधर गर्न आग्रह गरे ।

गाउँपालिकामा हुने हरेक विकास निमार्णका कामहरुको बाँडफाड आस्थाका आधारमा गर्न सुझाए । उनले खेतीको समयमा सहज तरिकाले कृषकलाई रासायनिक मल उपलब्ध गराउन माग गरे ।

उनीहरुको जिज्ञासा र प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष शम्भु गिरी,उपाध्यक्ष पिमा खड्का,कार्यालय प्रमुख सम्वन्धित शाखा प्रमुखहरुले दिएका थिए । उनीहरुले आफुहरु निर्वाचित भएर आईसकेपछि नागरिकको सेवामा तल्लिन भएर लागेको र आगामी दिनमा पनि छिटो छरितो सेवा प्रवाहमा लाग्ने प्रतिबद्धता जनाएका थिए ।

गाउँपालिकाका सुचना अधिकारी टेकबहादुर खत्रीले सहभागीसँग गोप्य गुनासा तथा सुझाव सङ्कलन,गुनासा तथा सुझावहरूको सम्बन्धित सरोकारवालाहरू बाट जवाफ, खुल्ला सुनुवाईको माध्यमबाट सहभागीहरूबाट सरोकारवालाहरूसँग सिधा प्रश्न, सोधिएका प्रश्नहरूको सरोकारवालाहरूबाट जवाफ गुनासा, सल्लाह तथा सुझावहरूको टिपोट र प्रतिवेदनको तयारी बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको सहजीकरण गाउँपालिकाका प्रेस सल्लाहाकार प्रमोद आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *