२०८३ असोज २९ गते बिहिवार

अमेरीकामा बस्दै आएको पुरी दम्पतीद्धारा बादी सरोकार मञ्चलाई ५० हजार सहयोग


तुलसीपुर, जेठ ११। नेपालमा जन्मीयर हाल अमेरीकामा बस्दै आयका सरोजकृष्ण पुरी र तारा गिरी पुरीले बादी संरक्षण सरोकार मञ्च सुर्खेतलाई सहयोग गरेका छन् ।

अमेरीकाको ८०५ रेड फक्स रन टाउसन मेरिल्याडमा बस्दै आयका पुरी दम्पतिले रु ५० हजार सहयोग गरेका हुन् ।

बादी सरोकार मञ्चका निर्देशक हिक्मत बादीलाई नेपाली काँग्रेसका नेता तथा लुम्विनी प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य शंकर गिरीले सो रकम हस्तान्तरण गरेका थिए ।

नेपाली काँग्रेसका नेता केशव आचार्य, क्षेत्र नंं ३ (क) का सभापति देवेन्द्र रिजाल (ख)का सभापति खिमबहादुर वली, विरेन्द्र नगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरी, सदस्य मानबहादुर चौधरी, नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरी लगायतको सहभागीतामा सो रकम हस्तन्तरण गरिएको थियो ।

कार्यक्रममा विरेन्द्र नगर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष ऋषि गिरीले सहयोग गर्ने दातापरिवारलाई धन्यवाद दिएका थिए ।

त्यस्तै बादी सरोकार मञ्चका निर्देशक हिक्मत बादीले सहयोग गर्ने पुरी दम्पतीलाई धयन्वाद दिदै थप सहयोगको अपेक्षा समेत गरेका थिए ।

बादि बालबालिका पालन पोषण र पठनपाठनमा सहयोग पुगोस भन्ने हेतुले थोरै भएपनि सहयोग गरेको र आगामी दिनमा अन्य सहयोग हुने नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य कृष्णकुमार गिरीले जानकारीदिए ।

बादी सरोकार मञ्चमा विभिन्न जिल्लाका ११० जना बालबालिकाहरु बस्दै आएका छन् । दाङलगायत विभिन्न जिल्लाका बालबालिकाहरुको संरक्षण मञ्चले गरेको छ ।

कार्यक्रमको सहजिकरण समाजसेवि चिरञ्जीवि रिजालले गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *