२०८३ असोज २९ गते बिहिवार

रोल्पामा पोखरीमा डुबेर एक पर्यटकको मृत्यु

रोल्पा, जेठ १ । रोल्पामा पोखरीमा डुबेर एक पर्यटकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका –१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

उनी रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएकी थिइन । श्रीमान र नावालक छोरासँग सुनछहरी झरना हेर्न पुगेकी उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।

चन्द्राका श्रीमान उमेश सुनार ईलाका प्रहरी कार्यालय पोवाङमा कार्यरत छन् ।

मृतक चन्द्राको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *