२०८३ असोज २९ गते बिहिवार

संविधानसभा सदस्य बस्नेतको निधन

काठमाडौं ,बैशाख २९ । संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधन भएको छ । नेपाली कांग्रेसको राजनीतिमा लामो समय सक्रिय बनेका बस्नेतको आज बिहान काठमाडौंमा निधन भएको हो ।

२००२ साल मंसिर २१ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका–३ मा जन्मिएका बस्नेत काठमाडौंको सिफलमा बस्दै आएका थिए ।

कांग्रेसको केन्द्रीय सदस्यसमेत बनेका बस्नेतले नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको प्रेस प्रमुख भएर काम गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *