तुलसीपुर,बैशाख ९ । अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखा र लोक तथा दोहोरी गायिका टीका सानुको पहलमा दाङमा विभिन्न ठाउँका गरिव दुखी र बिपन्न परिवारलाई आर्थिक सहयोग गर्दै आएको व्यहोरा सर्बविविधै छ ।
त्यस्तै क्रममा अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच. आर. मगर र गायिका टिका सानुले केहि महिना अघि मात्र दाङ तुलसीपुर १६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बिकको परिवारलाई २ लाख ५९ हजार आर्थिक सहयोग गरेका थिए ।
नेपाली गित संगित क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी टीका सानूले पछिल्लो समयमा सामाजिक कार्यमा पनि निकै अग्रसर देखिन्छिन । हाल उनै गायिका टीका सानुको नेतृत्वमा तुलसीपुर –१६ मा कोठा भाडामा बस्दै आएका चन्द्रलाल बिकको घर बन्ने भएको छ ।
शनिवार कार्यक्रमका बीच बिकको घर निर्माण कार्यको सिलान्यास गरिएको छ । तुलसीपुर घोराही सडक खण्डको तुलसीपुर ७ पर्सेनीमा निजको घर बनाउन लागिएको र सो घरको सिलान्यास तुलसीपुर उपमहानगरपालिका वडा नं ७– का वडा अध्यक्ष रामबहादुर जीसी र गायीका टिका सानुले सिलन्यास गरेका हुन् ।
सो अवसरमा बोल्दै वडा अध्यक्ष जीसीले उक्त कार्यको प्रसंशा गर्दै आफ्नो तर्फबाट पनि आफुले पाउदै आएको तलबबाट सक्दो सहयोग गर्ने र व्यक्तिगत तर्फा बाट ४०–५० बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन् ।
त्यस अबसरमा लोकदोहोरी गायक मान सिंह खड्काले पनि आफ्नो व्यक्तिगत रुपमा रु २ हजार सहयोग गरेका छन् । उनले सहयोगी मन भएका व्यक्तीहरुले विकको परिवारलाई सहयोग गरिदिन आग्रह पनि गरेका छन ।
कार्यक्रममा बोल्दै गायिका टीका सानु पछिल्लो समयमा सामाजिक कार्यमा पनि निकै अग्रसर भएर दाङका बिपन्न परिवारलाई आफ्नो पहलमा सहयोग गर्न पाउँदा आफू निकै खुशी भएको बताइन ।
हाल उक्त घर निर्माणको लागि पनि आफु संग पर्याप्त रकम नभएको तर पनि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोग पाउने आशाका साथ जम्मा २ लाख १० स हजार रुपैयाबाट उक्त घर बनाउने काम थालिनी गरेको उनले बताइन ।
साथै सोहि कार्यक्रममा नेपालमा विभिन्न क्षेत्रमा काम गर्दै आयको अस्ट्रेलियन अन्तराष्ट्रिय संस्था छाया नेपालले पनि आफुले सक्दो सहयोग गर्ने बचन ब्यक्त गरेको छ । अनलाईन टि भि पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष एच.आर.मगरको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका सचिब भिम बहादुर वलीले गरेका थिए ।
