२०८३ असोज २९ गते बिहिवार

दंगीशरण ३ मा व्यक्तिगत घट्ना दर्ताका लागि सचेतनामुलक र्याली

प्रमोद आचार्य, दंगीशरण,७ चैत । दंगीशरण गाउँपालिका ३ ले व्यक्तिगत घट्ना दर्ता सम्बन्धी सप्ताहव्यापी कार्यक्रम अन्तर्गत विहीवार जनचेतना मुलक ¥याली निकालेको छ ।

व्यक्तिको कानुनी पहिचान र राज्यबाट हुने सेवा प्राप्तिका लागी घटना दर्ता गरौँ ,३५ दिनभित्र व्यक्तिगत घट्ना दर्ता गरौ जरिवानाबाट बचौं जस्ता नारा लेखिएका प्ले कार्डसहितको र्यालिले गाउँपालिका क्षेत्र हेकुली गाउँ हुँदै पालिकाको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो। राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण ऐन २०७६ तथा नियमावली २०७७ अनुसार नेपाल सरकार पञ्जिकरण बिभागको ७५३ वटै स्थानीय तहलाई घटना सप्ताह मनाउने गरी गरिएको परिपत्र अनुसार वडा न ३ ले कार्यक्रम गरेको हो।

कुनै पनि व्यक्तिको जन्म, मृत्यु, विवाह, सम्बन्ध बिच्छेद तथा बसाइँसराइ सम्बन्धि बिबरण आफ्नो वडा कार्यालय पुगी समयमै ब्यक्तीगत घटना दर्ता गराउन कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शंम्भु गिरीले राज्यबाट अधिकारको अपेक्षा गर्ने नागरीकले राज्यले निर्दिस्ट गरेका कानुनी कुराहरु पालना गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै कानुनी रुपमा पहिचान स्थापित गर्न व्यक्तिगत घटना दर्ताको महत्त्व रहेको बताए । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईले समयमै ३५ दिनभित्रै ब्यक्तीगत घटना दर्ता गराइ जरिवानाबाट बच्न र असल नागरिकको परिचय दिन आग्रह गरेका थिए ।

कार्यक्रम वडा नं. ३ का वडा अध्यक्ष शुकलाल चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यता एव प्रमुख प्रशासकिय अधिकृत निमराज भट्टराईको बिशिष्ट आथित्यतामा भएको थियो । वडा न ३ का वडा सचिव भक्तिराम पाण्डेको स्वागत मन्त्ब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण वडा न ३ का वडा सदस्य लक्ष्मणदास चौधरीले गरेका थिए ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *