२०८३ बैशाख १७ गते बिहिवार

नेप्सेमा झिनो अंकको सुधार

काठमाडौँ ,चैत १५ । आज पूँजीबजारमा झिनो अङ्कको सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.०२ अङ्कले बढेर १९१९.४२ अङ्क कायम भएको छ।

आज दुई सय ५८ वटा कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर २५ हजार चार सय १३ पटक खरिदबिक्री हुँदा कारोबार रकम रू ८१ करोड ६२ लाख १९ हजारमा खुम्चिएको छ।

आजको कारोबारमा होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै ४१ दशमलव ७१ र निर्जीवन बीमा समूहको उपसूचक १८ दशमलव ६६ अङ्कले बढेको छ। त्यस्तै, लगानी समूह शून्य दशमलव १४, लघुवित्त समूह छ दशमलव ५४ र अन्य समूह सात दशमलव ५८ अङ्कले बढेको छ।

आज उपसूचक घट्नेमा सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ४४ दशमलव ७९ र व्यापार समूहको उपसूचक १९ दशमलव ०७ अङ्कले घटेको छ। त्यस्तै, बैंकिङ समूह शून्य दशमलव १५, विकास बैंक समूह १५ दशमलव ७८, वित्त समूह पाँच दशमलव ६१, जलविद्युत् समूह एक दशमलव ०९, उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ९३ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०२ अङ्कले घटेको छ।

आज सुपरमाई हाइड्रोपावर लिमिटेड र कालीञ्चोक दर्शन लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै चार दशमलव ४१ प्रतिशतले घटेको छ।

एनआइसी एसिया लिमिटेडको सबैभन्दा धेरै रू तीन करोड ५६ लाख ९५ हजार बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा ग्लोबल आईएमई बैंक प्रमोटर शेयर एक लाख पाँच हजार एक सय ५२ कित्ता खरिदबिक्री भएको छ।

प्रकाशित मिति : २०७९ चैत्र १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *