२०८३ बैशाख १७ गते बिहिवार

महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका डिसी निर्बाचित

घोराही,  चैत ९ । दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल बिजयी भएको छ ।

नेपाल विद्यार्थी संघका मनोज डिसी अखिल संयुक्तका उम्मेदवार हिमाल महरालाई हराउँदै स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका हुन ।

स्ववियुमा नयाँ नेतृत्व चयनका लागि बुधबार भएको मतपरिणाम अनुसार बिजयी डिसीले एक हजार ९६ मत प्राप्त गर्दै जिल्लाकै सवैभन्दा पुरानो र धेरै विद्यार्थी अध्ययनरत क्याम्पसको स्ववियु सभापतिमा बिजयी भएका हुन ।

पराजित महराले ६ सय २० मत मात्रै प्राप्त गरेका छन ।

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्टिय जनमोर्चा निकट अखिल छैठौले तालमेल गरेका थिए ।

त्यस्तै सभापतिमा विप्लव निकट अखिल क्रान्तिकारीका खुमबहादुर केसी (खुमन) ले एक सय २४ मत, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका मुस्कान पोख्रेलले २८ मत, स्वतन्त्र विद्यार्थी समूहबाट अभिषेक विष्टले एक सय ३० र अनेरास्ववियु छैठौँ (क्रान्तिकारी)का सेवक भट्टराईले ४५ मत प्राप्त गरेका छ्न ।

त्यस्तै सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसंघका बसन्त भण्डारी बिजयी भएका छन भने उनका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गरी पराजित भएका छ्न ।

कोषाध्यक्षमा पनि नेविसंघकै ममता केसी ९ सय ९६ मत बिजयी भएकि छन भने अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत प्राप्त गरि पराजित भएका छन ।

सदस्यमा नेविसंघका बसन्त कडेल,सुरेश पोख्रेल,विवेक खनाल,जीवन डिसी,अनिष कुमार चौधरी, रमिला चौधरी, पुष्पकमल दाहाल र अनेरास्वीयुका सविन पोख्रेल बिजयी भएका थिए ।

चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने कार्यतालिका रहेपनि बिप्लप निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते महेन्द्र बहुमुखी क्याम्पसमा निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *