लक्ष्मण बस्नेत,तुलसीपुर, फागुन २२ । ईन्टर कलेज टि-20 क्रीकेट प्रतियोगिता २०७९ को उपाधी ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ ।
ज्ञान ज्योती कलेज तुलसीपुर दाङको आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न फाईनल खेलमा मार्क ईन्टरनेशल कलेज घोराही लाई २१ रनले पराजित गर्दै ज्ञानज्योतीले उपाधी जितेको हो ।
उपाधीसंगै उसले नगद २५ हजार,बिजेताको ट्रफि उचाल्न सफल भयो । फाईनलमा पराजित मार्क ईन्टरनेशल कलेज उपबिजेतामा सिमित रहदै नगद १५ हजारमा चित्त बुझाउन बाध्य भयो ।
अरनिको मैदान तुलसीपुरमा भएको फाईनल खेलमा टस जितेर ब्याटिङ गर्न खेल मैदानमा उत्रिएको ज्ञानज्योती २० ओभरको समाप्तिमा आफ्ना ९ विकेटको क्षेतिमा १ सय ३४ रन जोड्न सफल भयो ।
जसमा सन्दिप बिकले सर्वाधिक ४२ रनको योगदान दिए । त्यस्तै गोपाल केसी र धन बहादुर केसीले क्रमशः ३७ र १४ रन जोड्न सफल भए ।
बलिङ तर्फ मार्कका आर्यान घिमिरे,लालमणी वलि र आशिष वलिले क्रमशः ३,२ र १ विकेट लिए ।
प्रतिउत्तरमा १ सय ३५ रनको बिजयी लक्ष्य पाएको मार्क ईन्टरनेशनल कलेजले २० ओभरको समाप्तिमा १ सय १३ रन मात्र जोड्न सक्यो । मार्कका आकाश पाण्डेले ३९ रनको योगदान दिएका थिए ।
बलिङ तर्फ ज्ञानज्योतिका धन बहादुर केसी , निर्मल केसीले समान २,२ र सन्दिप बिक ले १ बिकेट लिए । म्यान अफ द फाईनल ज्ञानज्योतिका सन्दिप बिक भए ।
प्रतियोगिताको समापन समारोह ज्ञानज्योती एजुकेसन फाउन्डेसनका सिईओ सुरेन्द्र जिसिको अध्यक्षतामा तथा तुलसीपुर नगर प्रमुख मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अबसरमा बिजेता ज्ञानज्योती,उपबिजेता मार्क ईन्टरनेशनल कलेज, ब्यक्तिगत बिधाका उत्कृष्ट खेलाडिहरुमा वेस्ट ब्याट्सम्यान ज्ञानज्योतिका धन बहादुर केसि, म्यान अफ द सिरिज ज्ञानज्योतिकै गोपाल केसि र बेस्ट बलर मार्क ईन्टनेशनल कलेजका आशिष वलि लाई पुरस्कार प्रदान गरिएको थियो ।
उत्कृष्ट खेलाडी लाई नगद ३ हजार र ट्रफी पुरस्कार रहेको थियो । ज्ञानज्योती कलेजका एजुकेसन कोर्डिनेटर शरद गौतमको स्वागत रहेको कार्यक्रममा प्रमुख अतिथि टिकाराम खड्का,तुलसीपुर उधोगबाणिज्य संघका महासचिव बिनिल केसि, युवा परिषद दाङका अध्यक्ष ॠषिराज लहरे अरुण लगाएतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा तुलसीपुर क्षेत्रबाट क्रीकेट खेलमा महत्वपुर्ण योगदान दिने पुर्व खेलाडी ॠषिराज लहरे,क्षेत्र प्रकाश वलि,संजोग गिरि, स्माईल अन्सारी,मोचन श्रेष्ठ,बिजय डागि, आकाश सिह,सुदिप नेपाली, बिजय वलि,शरद खनाल, बिनोद गिरि, बिष्णु खत्री,नवराज केसि,दिनेश पाण्डे संजय, महर्जनलाई सम्मान गरिएको थियो ।
कार्यक्रमको संचालन कलेजका सोमराज बस्नेतले गरेका थिए ।