२०८३ बैशाख १२ गते शनिवार

महिला टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दै

काठमाडौँ,फागुन ११ । महिला टी–२० विश्व कप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र अस्ट्रेलिया खेल्दैछन्।

दक्षिण अफ्रिकामा भइरहेको आठौँ संस्करणको महिला टी–२० विश्व कपमा भारतले साविक विजेता अस्ट्रेलियासँग खेल्न लागेको हो।

खेल नेपाली समय अनुसार बेलुका पौने ७ बजे केपटाउनमा सुरु हुनेछ । दोस्रो सेमिफाइनलको खेलमा भोलि इङ्ल्यान्ड र आयोजक दक्षिण अफ्रिका खेल्नेछन् ।

दुवै सेमिफाइनलका विजेताले आइतवार उपाधिका लागि खेल्नेछन् । अघिल्लो संस्करणमा भारतलाई ८५ रनले हराएर अस्ट्रेलियाले उपाधि जितेको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *