तुलसीपुर, फागुन ८ । दाङमा यही फागुन १२ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।
जिल्ला खेलकुद बिकास समितिले सोमबार तुलसीपुरमा पत्रकार सम्मेलन गरि फागुन १२ गतेदेखि १४ गतेसम्म तुलसीपुरको बेलझुण्डीस्थित रंगशालामा यो बर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन थालेको जानकारी दिएको हो ।
जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजु पोखरेल हमालको अध्यक्षता र राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार घलेको प्रमुख आथित्यमा सम्मपन्न पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो ।
तुलसीपुर स्थित एकान्त होटेलमा भएको पत्रकार सम्मेलनमा महिला तथा पुरुष भलिवल, महिला तथा पुरुष कबडी, एथेलेटिक्स, कराँते र तेक्वान्दो गरि पाँच इभेन्टमा गेमहरु खेलाइने भएको छ ।
यी प्रतियोगिताको लागि फागुन ११ गते कार्यालय समयमा फर्म र खेलाडीको जन्मदर्ता अनिवार्य गरिएको छ ।
सोमबारको जिल्ला पदाधिकारीको बैठकले उल्लेखित खेलहरु सम्पन्न गर्नका लागि जिल्ला खेलकुद बिकास समितिका सदस्य सञ्तोष वलीको संयोजत्वमा भलिवल प्रतियोगिता, कपर्दी खेलको संयोजकमा जिल्ला सदस्य नोखी रावत, एथलेटिक्सको संयोजकमा जिल्ला अध्यक्ष राजु पोखरेल हमाल, कराँतेको संयोजकमा जिल्ला सदस्य अनिल रिजाल, तेक्वान्दोको संयोजकमा शंकर लामिछानेलाई तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
जिल्ला कोषाध्यक्ष धुर्वराज आचार्यले उक्त जानकारी दिएका हुन । प्रतियोगिता सम्पन्न गर्नका लागि आचार्यलाई आर्थिक उपसमितिको संयोजक र रिजाललाई प्रचार प्रशार विभागको उपसंयोजकको जिम्मेवारी तोकिएको छ ।
त्यस्तै बैठकले पोखरामा सम्पन्न ९औं राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलाडीलाई सम्मान गरिने भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सुमनकुमार घलेले खेल विना देशको पहिचान र स्थायित्व संभव नहुने हुँदा राज्यले खेलकुदलाई पुमुख प्राथमिकतामा राखेर अगाडि बढुनु पर्ने बताए ।
देशका युवालाई अनुशासन, गतिशिलता र बिकास सिकाउने प्रमुख अध्याय भनेको खेल जगत नै भएको भन्दै उनले नियमित अभ्यासमा लाग्ने खेलाडीले कहिलै आत्मअनुशासन नभुल्ने तर्क गरे ।
उनले दुर्वेशनमा फस्दै गरेका युवालाई जोगाउने एक मात्र बिकल्प खेलकुद भएको भन्दै साना तिना मतभेदमा नअल्झेर राज्यले खेलकुदको बिकासका लागि गुणात्मक बजेको बेबस्था गर्न जरुरी रहेको बताए ।
खेलकुद बिकास समितिका अध्यक्ष राजु हमालले आन्तरिक स्वार्थ र कुण्ठा भन्दा माथि उठेर खेल क्षेत्रको उन्नयनका लागि सबै खेल प्रेमीलाई हातेमालो गर्न आग्रह गरेका थिए ।