२०८३ असोज ३० गते शुक्रवार

महिलालाई निशुल्क महिनावारी कप वितरण

दाङ ,माघ ११ । ग्रामीण महिला उत्थान केन्द्र दाङले बर्दिया जिल्लाको गुलरिया नगरपालिका वार्ड नम्बर ५ मा रहेका ३५जना महिलाहरुलाई निशुल्क महिनावारी कप बितरण गरेको छ ।

ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको सभाअध्यक्षता र कर्मठ सामाजिक उधमी महिला सहकारी संस्था लि.का अध्यक्ष देबिमाया थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रजनन स्थास्थ्य सम्बन्धी सचेतनाका साथै महिलाहरुलाई आत्मनिर्भर तथा शसक्तीकरण गर्नका लागी आय आर्जनका सवालमा समेत अभिमुखीकरण गरिएको थियो ।

सिपि नेपाल संगको समन्वय तथा ग्रामीण महिला उत्थान केन्द्र दाङले प्रर्बद्धन गरेको आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दिया संगको सहकार्यमा बर्दिया गुलरियामा रहेका महिलाहरुलाई केन्दित गरेर कार्यक्रम संचालन गरिएको हो ।

२०५१सालमा स्थापना भएको यस संस्थाले आत्मनिर्भर र शसक्त समाजको सिर्जना गर्ने परिकल्पनाका साथ समुदायस्तरमा अल्पसंख्यक, बिपन्न, सिमान्तकृत तथा पछाडी पारिएका समुदायहरुलाई आर्थिक तथा सामाजिक रुपमा सबल तथा सशक्त गराउने हिसाबले समुदाय केन्द्रित बिभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

आत्मनिर्भर लघुबित्त बित्तिय संस्था लिमिटेडका मानब संसाधन शाखाका प्रमुख नेपबहादुर चौधरीले स्वागत गर्नभएको कार्यक्रमको सहजीकरण संस्थाका सुचना अधिकारी पार्वती बस्नेतले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७९ माघ ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *