२०८३ असोज २९ गते बिहिवार

सेन्टर माबी तुलसीपुरको ५२ औं वार्षिक उत्सव

तुलसीपुर, माघ १०। दाङको तुलसीपुुर स्थित माध्यमिक विद्यालय सेन्टर स्कुलको ५२ औ बार्षिकउत्सव तथा अभिभावक भेला सम्पन्न भएको छ ।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लिखतराम पौडेलको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव सम्पन्न भएको हो ।

सो अवसरमा विद्यालय प्रधानाध्यापक भागवत पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रवक्ता माधव ओली, पूर्व नगरप्रमुख ढुण्डिराज लामिछाने, तुलसीपुर उपमहानगरपालिका – ११ का वडाध्यक्ष मान बहादुर रावत, ६ का अडाध्यक्ष दुजमान भण्डारी, मानव अधिकार तथा शान्ति समाजका निवर्तमान वरिष्ठ उपसभापति सुशील बस्नेत, नेपाल यातायात व्यावसायि महासघका सल्लाहकार सुरेश हमाल, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, ज्ञानज्योति आधारभुत विद्यालयका प्रधानाध्यापक मेघराज घिमिरे, तुलसीपुर नगर जेसीजका पूर्व अध्यक्ष मोहन बिक, पूर्व शिक्षक सुर्यप्रसाद पौडेल, पूर्व विद्यार्थी बिरेन्द्र कुमार विक, विद्यार्थी सिमा बिक र राजु बिकले मन्तब्य ब्यक्त गरेका थिए ।

सो अवसरमा, विद्यार्थी, शिक्षक, अक्षयकोष दाता, संस्थापकहरुलाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रमको सहजीकरण शिक्षक भोला पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७९ माघ १० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *