२०८३ असोज ३० गते शुक्रवार

सन्दीपको मुद्दाको बहस आज नहुने

काठमाडौँ,माघ ९ । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दामा सोमबारबाट हुने तय भएको बहस स्थगित भएको छ।

अन्तिम फैसलाका लागि सोमबारबाट बहस हुने कार्यतालिका रहे पनि पीडित पक्षका वकिलले पेशी स्थगित गरेका हुन्।

सोमबार जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेसी तोकिएको थियो। तर जाहेरवाला किशोरीका वकिलले पेशी सार्न निवेदन दिएपछि पेशी स्थगित भएको सन्दीपका वकिल सरोज कृष्ण घिमीरेले जानकारी दिए।

उनले भने, ‘अन्तिम फैसलाका लागि आजबाट बहस हुनेवाला थियो। तर निवेदकको वकिलहरूले पेशी स्थगित गर्नु भएको छ।’

घिमिरेले के कारणले पेशी स्थगित गरिएको हो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताए।

न्यायाधीश दाहालको इजलासमा मुद्दा छैटौँ नम्बरमा पेसी तोकिएको थियो। उक्त इजलासमा आजका लागि ७ वटा मुद्दा तोकिएको छ।

जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ।

प्रकाशित मिति : २०७९ माघ ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *