काठमाडौं, मंसिर २७ । काभ्रेमा बस दुर्घटनामा परी १७ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्रराज जोशीका अनुसार मंगलबार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नम्बर ११ बाट ब्रतबन्धका लागि बेथानचोक– ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना भएको हो।
१७ जनाको मृत्यु पुष्टि भएको र थप मृतक हुनसक्ने अनुमान भएको उनले बताए।
दुर्घटनामा परी २२ जना घाइते भएका छन । उनीहरूको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। तीन जनालाई भने काठमाडौं रिफर गरिएको छ ।
काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नम्बर ४ स्थित चलाल गणेशस्थानमा बस दुर्घटना भएको हो ।
प्रकाशित मिति : २०७९ मङ्सिर २८ गते बुधवार
