जिल्ला प्रशासन कार्यालयले कृष्णनगर बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु लगाएको छ । दुर्गाको मूर्ति सेलाउने क्रममा विवाद बढेपछि जिप्रकाले आइतबारदेखि कर्फ्यु लगाउँदै आएको थियो ।
गए राति कडा सुरक्षाका बीच दुर्गाको मूर्ति विसर्जन गरिएको थियो । विजयादशमीको भोलिपल्ट एकादशीमा दुर्गा पूजाको मूर्ति विसर्जन गरिँदै आए पनि यस वर्ष विवाद भएपछि द्वादशीमा मूर्ति विसर्जन गरियो ।
मूर्ति विसर्जन गर्न जाने बाटाको विषयमा विवाद भएको थियो । कृष्णनगर बजारको दक्षिण क्षेत्र नेपाल भारत दशगजा, उत्तरतर्फ कृष्णनगर १ शिवानगरको बढाया पोखरी क्षेत्र, पूर्व सेमरा गाउँ र पश्चिम सिर्सिहवा चोकसम्म कर्फ्यु लगाइएको छ ।
प्रकाशित मिति : २०७५ कार्तिक ५ गते सोमवार