तुलसीपुर,असार ७ । तुलसीपुर उपमहानगरपालिकाका जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको छ ।
नेपाल नेत्र ज्योती सघं,आंखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज,राप्ती आँखा अस्पतालले तुलसीपुर उपमहानगरपालिका भित्रका १९ वटै वडाका नवनिर्वाचित जनप्रतिनिधिलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरेको हो ।
नगर भित्र रहेको आम नागरिक आँखाको बिरामी पहिचान गरि उपचारका लागि प्रेरित गर्न आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको अस्पतालका प्रमुख प्रसासक शम्शेर थापाले जानकारी दिए ।
उनका अनुसार हालसम्मको तथ्याङ्क हेर्दा तुलसीपुर उपमहानगरपालिका भित्र अन्धोपनका ५ हजार ६ सय ८७ बिरामी छन । यी मध्ये सबैभन्दा बढी वडा नं. ६ मा ५ सय ५४ अन्धोपनका बिरामी छन ।
त्यस्तै ३ हजार २ सय ९१ जना मोतिबिन्दुका कारण अन्धोपन भएका बिरामी छन । यी मध्य सबैभन्दा बढी वडा न. ६ मा ३ सय २१ जना बिरामी छन । थापाका अनुसार लुम्बिनी प्रदेशमा अन्धोपनाको व्यापकता छ ।
नेपालमा अन्धोपनका बिरामी पत्ता लगाउन पहिलो पटक गरिएको सर्वेक्षणमा ०.८४ प्रतिशत अन्धोपनका बिरामी भेटिएका थिए भने दोश्रो पटकको सर्वेक्षणमा घटेर ०.३५ प्रतिशतमा झरेको छ ।
त्यस्तै साविक लुम्बिनी अञ्चल गरिएको पहिलो सर्वेक्षणमा ०.७५ प्रतिशत अन्धोपनका बिरामी थिए भने दोश्रो पटकको सर्वेक्षणमा घटेर ०.३८ प्रतिशत छन ।
उनले राप्ती आँखा अस्पतालले स्थानीय पालिका,प्रदेश सरकार तथा केन्द्रिय सरकार संगको सहकार्यमा उज्यालो कार्यक्रम संचालन गरी ऋबतबचबअत द्यबअपयिन (करिव ३,२९२ मोतिविन्दु) लाई नयां ज्योति प्रदान गर्ने,वार्षिक साझेदारी कार्यक्रम मार्फत निःशुल्क आंखा उपचारको सेवा प्रदान गर्ने र प्रत्येक वर्ष थपिने मोतिबिन्दुका ६५८ जना नयां बिराहीलाई स्थानीय पालिकाहरुसंगको सहकार्यमा सेवा प्रदान गर्ने लक्ष्य रहेको पनि जानकारी दिए ।
नेपाल नेत्र ज्योती सघ दाङका अध्यक्ष कृष्णकुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकाक प्रमुख टिकाराम खड्काले राप्ती आँखा अस्पताल दाङ जिल्लाको उत्कृष्ट र गुणस्तर सेवा प्रदान गर्ने अस्पतालको रुपमा विकास गर्न जरुरी रहेको बताए ।
यस अघि नै तुलसीपुर उपमहानगरपालिका र आँखा अस्पतालको सहकार्यमा सुरु भएको उज्यालो अभियान कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले अस्पतालको सेवालाई गुणस्तर,सर्वशुलव र भरपर्दो बनाउन आग्रह गरिन ।
राप्ती आँखा अस्पतालसँग बिगतका दिनहरुदेखि नै सहकार्य हुँदै आएको र आगामी दिनहरुमा पनि आँखा जस्तो संवेदनशील अंगको बचाउको लागि लक्षित वर्गलाई समेटेर उज्यालो अभियानलाई कार्यक्रमलाई निरन्तरता दिने बताइन ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष भिमवहादुर योगी,वडा नं ३ का अध्यक्ष दुजमान भण्डारी,वडा न. ८ का अध्यक्ष धर्म वलि,वडा न. १८ का अध्यक्ष माधव वलि,कार्यपालिका सदस्य यमुना परियार लगाएतले आँखाका बिरामीहरुको तथ्यांकले आफूलाई गम्भीर बनाएको बताउदै आगामी दिनहरुमा आँखा अस्पतालसँग सहकार्य गरेर तुलसीपुर उपमहानगरपालिका भित्रको अन्धोपन न्यूनीकरण गर्नको लागि कटिबद्ध हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा अस्पतालका नेत्र अधिकृत शालिकराम गौतमले विश्व तथा नेपालमा अन्धोपनको अवस्था,स्वस्थ आँखाका लक्षणहरु,आँखाका लाग्ने प्रमुख रोगहरु तथा तिनीहरुको पहिचान,आँखा स्वस्थ राख्ने उपायहरुका बारेमा जानकारी दिएका थिए ।
नेपाल नेत्र ज्योती सघंका सचिव सुरेन्द्र खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गरेका थिए ।
