२०८३ साउन २१ गते बिहिवार

शेयर बजार दाेहाेराे अङ्कले घटेर २४ सय विन्दुभन्दा तल झर्‍याे

काठमाण्डौ,चैत २९ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि घटेको छ ।

हिजो सोमवार ४४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३४ दशमलव ७८ अङ्कले घटेर दुई हजार तीन सय ८५ दशमलव ०२ विन्दुमा झरेको छ ।

आज होटल तथा उत्पादनबाहेक अरू सबै समूहको शेयर घटेको छ । निर्जीवन बीमा, जीवन बीमा, उत्पादन, विकास बैंक, जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय ३७ वटा कम्पनीको ३७ लाख ८३ हजार कित्ता शेयर एक अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको पाँच करोड ७५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

दोहोरो अङ्कले बजार घटेको दिन इमर्जिङ नेपाल र न्यादी हाइड्रोपावरको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *