२०८३ असोज २९ गते बिहिवार

भन्सार छलेर ल्याएको कपडासहित दुई जना पक्राउ

काठमाण्डौ,चैत २९ । नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाण्डौ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाण्डौ महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

अग्रवालले काठमाण्डौ महानगरपालिका–२४ असनमा सञ्चालन गर्दै आएको हनुमान ट्रेड कन्सर्न पसलको गोदामबाट कपडा फेला पारेको प्रवक्ता मैनालीले बताए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ चैत्र २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *