
दाङ, चैत २५ । प्रधानमन्त्री शेरबहादुर देउवाले दाङको राप्ती गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरेका छन् ।
देउवाले शुक्रबार बिहान भर्चियोल मिटिङ मार्फत लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्रमा पर्ने गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन गरेका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस सभापति समेत रहेका देउवाले सरकारको सबै भन्दा प्रभावकारी निकाय स्थानीय तह भएको हुँदा स्थानीय तहले स्थानीय नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु सक्नु पर्ने बताए ।
जनतालाई चुस्त र गुणस्तरिय सेवा दिन आवश्यकता औंल्याएका नेपाली काँग्रेसका सभाभपति समेत रहेका देउवाले राप्ती गाउँपालिकाको नयाँ प्रशासनिक भवन बनेपछि सेवा थप प्रभावकारी हुने विश्वाश ब्यक्त गरे ।
त्यस्तै उनले स्थानीय उत्पादनमा बृद्धि गरि अत्याबशेक बस्तु तथा सेवाको गाउँ ठाउँमै पहुँच विस्तार हुन जरुरी रहेको जोड दिए । प्रधानमन्त्री देउवाले नयाँ बर्ष २०७९ सालको शुभकामना समेत ब्यक्त गरेका थिए ।
गाउँपालिकाको प्रशासनिक भवन आठ करोड लागतमा निर्माण गरिएको हो । जसमध्य चार करोड गाउँपालिका र चार करोड संघीय सरकारको लगानी छ । भवनमा कुल ६५ वटा कोठाहरु रहेका छन् ।
