२०८३ बैशाख १७ गते बिहिवार

सामुदायिक सहकारीको २३ औँ साधारण सभा

घोराही,पुस २८ । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड दाङको २३ औँ बार्षिक साधारण सभा एवं सातौ अधिवेशन सम्पन्न भएको छ ।

सहकारीले घोराहीमा एक कार्यक्रमको आयोजना गरि स्थापनादेखी हालसम्म संस्थाको विकसका लागी महत्वपूर्ण योगदान पु¥याउने जेष्ठ नागरिक लगायतका सदस्यहरुलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभा उद्घाटन कार्यक्रममा जेष्ठ नागरिक, असल बचतकर्ता, उत्कृष्ट बचत समूह, असल ऋणीहरुलाई सम्मान गरिएको थियो भने सुत्केरी पोषण रकम र मृत्यु भएका सदस्यहरुको परिवार र परिवार गुमाएका सदस्यहरुलाई राहतकोषबाट रकम प्रदान गरिएको थियो ।

यस्तै सदस्यका छोराछोरीलाई स्टेशनरी सामाग्री सहयोग गरिएको थियो । असल बचतकर्ता डिलबहादुर घर्ति, राप्ती बचत समूह, अञ्जली बचत समूह, असल ऋणी बसन्ती चौरधी, सुबिता चौधरीलाई सम्मान गरिएको थियो । जेष्ठ सदस्यहरु गंगादेबी बस्नेत, चिजमानी चौधरी, लोकबहादुर चौधरी, लाहानी चौधरी, शान्ता रेग्मी, जिबन केसी, माया घिमीरेलाई च्याबनप्रास र दोसल्लाले सम्मान गरिएको थियो ।

मृतक सदस्यहरु प्रभा श्रेष्ठ, डोमलाल आचार्य, भरत चौधरी, अञ्जना डिसी खत्री, द्धारिका वलीको परिवारलाई सम्मान गरिएको थियो । यस्तै परिवारका सदस्य गुमाएका जयनारायण श्रेष्ठ, राधिका घिमीरे, बिबाह दमाई, सुकन्या चौधरी, दिब्य चौधरी, खुमा बुढाथोकी, मीना बस्नेत, झमन घर्ति, जानकी बुढा, चाँदनी थापा, प्रमीला श्रेष्ठलाई नगद सहित सम्मान गरिएको थियो । यस्तै सुत्केरी सदस्यहरु अञ्जना थापा, निर्मला चौधरी, पार्वती चौधरी, सुस्मीता चौधरी, कान्छी चौधरी, बसन्ती चौधरी, युमाकुमारी मानन्धरलाई नगद सहित सम्मान गरिएको थियो ।

यस्तै सदस्यहका छोराछोरीलाई प्रतिमा चौधरी, बिपना बिक, अरुना चौधरी, सृष्टिका चौधरी, तृसना घिमीरे, प्रकाश परियार, आयुष चौधरी, मनिषा नेपाली, मनिषा चौधरी, रञ्जीता रिजाललाई स्टेशनरी सामाग्री प्रदान गरिएको थियो ।

संस्थाका अध्यक्ष शारदा शर्माको अध्यक्षता एवं जिल्ला सहकारी संघका अध्यक्ष गोविन्दप्रसाद शर्माको प्रमुख आतिथ्य र सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेडका संस्थापक अध्यक्ष बिमला योगी र राष्ट्रिय सहकारी बैंकका प्रबन्धक डिल्लीराज दाहालको विशिष्ठ आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालको राष्ट्रिय विकासको महत्वपूर्ण अङ्गको रूपमा सहकारी रहेको बताएका थिए ।

समृद्ध अर्थतन्त्रको विकास गर्ने एक क्षेत्रको रूपमा सहकारी रहको भन्दै उनीहरुले सेयर सदस्यहरू नै सहकारीका मालिक र ग्राहक दुवै हुने बताए । सहकारीमा पुँजीको भन्दा पनि सदस्यको महत्व धेरै हुने उनीहरुको भनाई थियो । सहकारी सस्तो लोकप्रियताबाट नभई बलियो सामाजिक आधार भएको समुदाय केन्द्रित हुने सहभागीहरुको भनाई थियो ।

सहकारीले वित्तीय विकासका साथै सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको उनीहरुको भनाइए थियो । सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुको बतथ तथा ऋण सहितका क्रियाकलापमा सहभागी गराउनकासाथै सदस्यहरुलाई शिक्षा, तालिम र सुचनाको प्रवाहसँगै आत्मनिर्भर बनाउन र स्वायत्त संस्थाको रुपमा विकास गर्दै लगेको उनीहरुको भनाई थियो ।

त्यस अवसरमा कार्यक्रममा बार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष शारदा शर्माले प्रस्तुत गरेकी थिइन । शर्माले आगामी एक बर्षमा जेष्ठ नागरिक तथा बालबालिकाकोलागी आँखा शिविर र महिलाहरुको प्रजनन् स्वास्थ्य शिविर सञ्चालन गर्ने सदस्यहरुलाई विभिन्न व्यवसायिक तालिमहरु सञ्चालन गर्ने, सहकारी शिक्षा शिविर सञ्चालन गर्ने बचत सदस्यहरुसँग अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी दिइन ।

कार्यक्रममा संस्थाका सञ्चालक समिति सदस्य कल्पना कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन । लेखा समितिका संयोजक हेमन्ता योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा संस्थाका व्यवस्थापक बिष्णु गिरीले धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी निर्देशक कल्पना न्यौपानेले गरेकी थिइन ।

अध्यक्षमा पुनः शर्मा
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमीटेड दाङको सातौँ अधिवेशनबाट पुनः शारदा शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।

शर्माको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसहमत चयन गरेको हो । जसको उपाध्यक्षमा यमला गौतम, सचिवमा मेनुका गिरी, कोषाध्यक्षमा राधा आचार्य, सदस्यहरुमा कल्पना कार्की, खिदैया चौधरी, माया चौधरी, हेमन्ता योगी र संस्थापक अध्यक्ष बिमला योगी रहेकी छिन ।

अधिवेशनले लेखा समितिको संयोजकमा रीमालक्ष्मी जैशी, शिक्षा उपसमितिको संयोजकमा सावित्रा बिक चयन भएको संस्थाका प्रमुख कार्यकारी निर्देशक कल्पना न्यौपानेले जानकारी दिइन ।

प्रकाशित मिति : २०७८ पुष २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *