
तुलसीपुर, २३ मंसीर । लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी(सोनाम)ले कोरोना भाइरसको नयां भेरीयन्टको माहौल विश्वमै चलिरहेको समयमा यहां मेला महोत्सव भैरहेकाले यसमा सामाजिक अनुशासनको ख्याल राख्न आयोजकलाइ आग्रह गरेका छन् । ‘मेला आयोजना गरीहाल्नुभो, तर प्रदेशको सुव्यावस्थापनकालागी जुनसुकैवेला मेला रोक लगाउंदा दुख नमान्नुहोला’, चन्द्रसुर्य यातायात प्रालिले विहिवारदेखि एक साताकालागी तुलसीपुरमा आयोजना गरेको प्रादेशिक महोत्सव—२०७८को उद्घाटनगर्दै मुख्यमन्त्री केसीले भने । उनले यस्तो समयमा सिफारीस गर्ने स्थानिय सरकार र स्वीकृति दिने स्थानिय प्रसासनलाइ पनि यस विषयमा सोध्ने अभिव्यक्ति दिए । मेलाकै कारण यो प्रदेशले फेरी अपुरणिय क्षति व्यहोर्नुपर्ने अवस्था आउन नदिन पनि आयोजकलाइ आग्रह गरेका थिए ।
‘हामी अहिले अत्यन्तै समवेदनशिल घडिमा छौं, यो वेला जिल्लामा मेला महोत्सव आयोजन गर्न स्वीकृति दिने स्थानिय प्रशासन र स्थानिय सरकारबाट पनि जानकारी लिने छु’, मुख्यमन्त्री केसीले भने । कुनैपनि प्रकृतिका मेला महोत्सवको प्रभावकारीता र प्रतिफल आयोजकले पुर्वानुमान गर्नुपर्ने बताउंदै मुख्यमन्त्री केसीले सोच सकारात्मक भएर मात्र प्रतिफल राम्रो हुन नसक्ने पनि चेतावनी दिए । मेला महोत्सवकै कारण यहां नयां भेरीयन्टको संक्रमण फैलियो भन्ने अवस्था आउन नदिन पनि उनले आयोजकलाइ सुझाव दिए । आफु यो मेला उद्घाटन गर्न रहरले आएको नभएर करकै कारण आएको पनि उनको अभिव्यक्ति थियो ।
‘कोभिडले थलिएका हामी प्रदेशबासी फेरी यसै बर्ष करीव ४ अर्वको धानवालीको क्षति प्राकृतिक प्रकोपबाट व्यहोर्न विवश भएका छौं, अव फेरी मेला महोत्सवकै कारण नयां भेरीयन्ट फैलियो भने त्यो भन्दा ठुलो दुर्भाग्य केहि हुने छैन’, मुख्यमन्त्री केसीले भने, प्रदेशको शुव्यावस्थापनकालागी कुनैपनि वेला मेला महोत्सवमा रोक लगाउंदा दुःख नमान्नुहोला । दाङ जिल्लामा एक पछि अर्को गरी महोत्सवको प्रचारप्रसार भैरहेको उल्लेखगर्दै मुख्यमन्त्री केसीले अस्वस्थ प्रतिस्पर्धालाइ महानता नठानी समुदायलाइ गलत प्रभावमा नपार्न पनि चेतावनी दिए । राम्रो कामकालागी देश बनाउन मात्र प्रतिस्पर्धा आवस्यक भएको उनको सुझाव थियो । राजनिति भन्दा शुसासन धेरै माथि हुने भन्दै उनले गलत समयमा गलत प्रक्रियाबाट लाभ लिने प्रयास थाल्न नहुने पनि अभिव्यक्ति दिए । ‘फेरी हाम्रो भेट अर्को परीयोजनामा अर्को ढंगबाट हुने छ, यो महोत्सवको सफलताको कामना गर्दछु’, आफ्नो छोटो उद्घाटन मन्तव्य दिंदै प्रमुख अतिथि केसीले भने, निर्धारीत समयमा निर्धारीत स्वास्थ्य मापदण्ड अपनाएर मेला समापन गर्नुहोला ।
आयोजक संस्थाका कार्यक्रम संयोजक शम्भु रेग्मीको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा नेकपा एमालेका तुलसीपुर नगर सचिव माधव ओलिले अझैपनि कोरोना भाइरसको त्रासका कारण महोत्सवस्थल नभरीएको उल्लेखगर्दै आगामि दिनहरुमा स्वास्थ्यका न्युनतम मापदण्ड पालना गरेर मात्रै मेला सन्चालन गर्न आयोजकलाइ सुझाव दिएका थिए । सो अवसरमा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य राम वहादुर दहित(अन्जान), नेकपा एकिकृत समाजवादीका तुलसीपुर नगर अध्यक्ष टोप वहादुर महतारा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार गणेश आचार्य र मदन मुस्कान विकले गरेका थिए । महोत्सव उद्घाटन अघि विभिन्न सम्प्रदायका झांकिले बजार परीक्रमा गरेका थिए । महोत्सवमा पनि विभन्न गित नृत्यहरु प्रस्तुत गरिएको थियो । महोत्सवको पहिलो दिन अधिकांश स्टलहरु भरीएका थिएनन् । सहभागिता पनि अपेक्षा अनुरुप देखिएको छैन । यद्धपि महोत्सवस्थलमा हेलिकोप्टरबाट पुष्पबृष्टि भैरहंदा सहभागिहरु उत्साहित देखिन्थे ।

आयोजकका अनुसार झांकिको पनि मुल्यांकन गरी प्रथम दोस्रो र तेस्रोलाइ पुरस्कृत गरीने बताइएको छ । त्यसैगरी साइक्लीङ लगायतका खेल प्रतियोगिताहरु पनि महोत्सवकै बीचमा प्रदर्शन गरीने अन्तिम तयारी भैसकेको छ । महोत्सव मनोरन्जनमा मात्र केन्द्रित नभएर विशेषगरी खेल क्षेत्र र विभिन्न अटोमोवाइल कम्पनीहरुका उत्पादनको प्रदर्शनी र विक्रिसंग केन्द्रित हुने बताइएको छ । ‘यो मेला अन्य व्यापारीक महोत्सव भन्दा अलि भिन्न छ, हामीले महोत्सवमा साहशिक खेल प्याराग्लाइडिङ देखि साइक्लिङ सम्म लाइ बढि प्रार्थमिकता दिएका छौं’—मेला संयोजक शम्भु रेग्मीले भने ।
संभवतः आज शुक्रवारदेखि प्याराग्लाइडिङको मनोरन्जन प्रदान गरीने छ । यसकालागी तुलसीपुर उपमहानगरपालिकाको न्याउला तथा छिल्लीकोट दुवै उचाइबाट परीक्षण उडान भैरहेको छ । प्याराग्लाइडिङको शुल्क एक पटकको ७ हजार ४ सय ९९ रुपैया निर्धारण गरीएको छ । प्याराग्लाइडिङ उडान गरीने स्थानसम्म पुग्नकालागी आयोजक स्वयमले यातायातको व्यवस्थापन गरेको छ । यो जिल्लाकै मेला महोत्सवमा पहिलो मनोरन्जनात्मक अवसर पनि भएको आयोजकले जनाएको छ । यसले दाङको प्याराग्लाइडिङ पर्यटनलाइ पनि टेवा पुग्न सक्ने आयोजकले अपेक्षा गरेको छ । त्यसैगरी महोत्सवकै अवसरमा इच्छुक व्यक्तिहरुलाइ हेलिकोप्टरबाट तुलसीपुरको एक फन्को लगाउने व्यवस्था पनि मिलाइएको छ । यसकालागी ४ हजार ४ सय ९९ रुपैया शुल्क निर्धारण गरीएको छ । हेलिकोप्टर उद्घाटनकै दिन आइपुगेको छ ।
महोत्सव अवधिभर स्थानिय तथा ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरुले मनोरन्जनात्मक प्रस्तुतीहरु देखाउने छन् । जनगायक जिवन शर्मा, पशुपति शर्मा, ज्योती मगर, राधिका हमाल, प्रिति आले, दुर्गेश थापा, रामजी खांड, प्रकाश सपुत र यहिकै चर्चित कलाकार प्रेम विवश घर्तिले महोत्सव अवधिभर प्रस्तुती देखाउने छन् । सवै कलाकारहरुलाइ निम्तो समेत दिइसकेको आयोजकले जनाएको छ ।