
दाङ, मंसिर ४ । नेपाली काँग्रेसको १४औं महाधिबेशन अन्तरगत सल्यानको निर्वाचन क्षेत्र नं. (ख)को सभापतिमा सुरेश अधिकारी निर्वाचित भएका छन् । शारदा नगरपालिकाका मेयर अधिकारी संस्थापन इतर पक्षधर हुन । यहाँ अधिकारीको प्यानल नै बिजयी भएको छ । तर, अन्य पदहरुमा भने संस्थापन पक्षधर र संस्थापन इतर पक्षधर मिलाएर अधिकारीको टिम निर्वाचनमा होमिएको थियो ।
शनिबार बिहान प्राप्त मत परिनाम अनुसार प्रदेश सभापतिमा निर्वाचित सुरेश अधिकारीले .३१२ मत प्राप्त गरेका थिए । उनका प्रतिष्पर्धी वीरबहादुर सेजवालले २७० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । सेजवाल शिक्षण पेशा छोडेर राजनीतिमा लागेका ब्यक्ति हुन ।
त्यस्तै उपसभापति पदमा गिरिराज ओली .३१५ र ऋषिराम खत्रीले .२६९ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
उनीहरुका प्रतिष्पर्धीहरु पेशलसिंह डाँगीले २१४ र पुर्णबहादुर भण्डारीले २४७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी सचिबमा अनिल सिंह २८१ र श्याम कृष्ण महातरा २९५ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु शोभाकर राना .२४८ र मेघ राज भण्डारीले २६२ मत प्राप्त गरेका छन् ।
सहसचीवमा प्रीयबत्र श्रेष्ठ ३०१ र होमसिंह बोहरा २९८ मत प्राप्त गरि निर्वाचित भएका छन् । उनीहरुका प्रतिष्पर्धीहरु ढाकबहादुर चन्द २४० र रोहित देबकोटाले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ ।
यहाँ कुल ६१३ मतदाता रहेकोमा ६०१ मत खसेको थियो । त्यसमध्य २ म तबदर भएको निर्वाचन समितिले जानकारी दिएको छ । प्रदेशको नयाँ नेतृत्व चुन्न सल्यानमा शुक्रबार मतदान भएको थियो ।