२०८३ असार ६ गते शनिवार

बाँकेमा ३९ बर्षीय संक्रमित पुरुषको मृत्यु

दाङ, असोज ७ । बाँकेमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

बर्दिया नगरपालिका वडा नं। ३ बनियाभार निवासी ३९ बर्षीय एक पुरुषको बुधवार बिहान साढे १० बजे नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलवार दिउँसो मात्रै बर्दियाको ठाकुरद्धारा नगरपालिका वडा नं। ७ निवासी ६४ बर्षीय पुरुषको बाँकेमै उपचारका क्रममा मृत्यु भएको थियो । यो संगै बाहिरी जिल्लाबाट उपचारका लागि लगिएका ५ र बाँकेका ७ गरि १२ जनाको हालसम्म कोरोना संक्रमनका कारण मृत्यु भइसकेको छ ।

जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भदौ २९ गते ३९ बर्षीय पुरुष भेरी अस्पतालमा भर्ना भएका थिए । तर, त्यसअघि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ २८ गते पिसिआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई बर्दियास्थित घर लगियो । त्यहाँ स्वास्थ्य समस्या उत्पन्न भएपछि फेरि भदौ २९ गते बाँकेस्थित भेरी अस्पताल ल्याइएको थियो ।
अनि भेरीमा पिसिआर परीक्षण गर्दा भदौ ३० गते उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

विरामीलाई चारदिनदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दापनि सुधार नआएपछि उनको मृत्यु बुधवार विहान साढे १० बजे मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

दुबै फोक्सोमा गम्भीर प्रकृतिको निमोनिया भएर उनको मृत्यु भएको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७७ असोज ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *