२०८३ असार ६ गते शनिवार

पहिरोमा पुरिएर गुल्मीमा दुईको मृत्यु,एक घाइते

गुल्मी,असोज ६ । पहिरोमा पुरिएर गुल्मीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते छन्।
गुल्मीको ईश्मा गाउँपालिका वडा नं। २ छल्दीपनाह रातचौर भन्ने स्थानमा सोमबार साँझ आठ बजेतिर सडकमा हिँडिरहेका उनीहरू माथिबाट झरेको पहिरोमा पुरिएका हुन्।

ईश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर विष्टले सोमबार साँझदेखि परेको पानीका कारण झरेको पहिरोमा पुरिएकाहरूबारे मंगलबार बिहानमात्र जानकारी भएपछि उद्धारमा जुटेको जानकारी दिए।

पहिरोमा परी जिल्लाको ईश्मा गाउँपालिका वडा नम्बर २ हस्तिचौरका ३९ वर्षीय प्रेम बहादुर कुमाल र सोही ठाउँकै ५ वर्षीय सफल कुमालको मृत्यु भएको सशस्त्र प्रहरी बल, गुल्म गुल्मीका प्रहरी निरीक्षक कमलेश कुमार महतोले जानकारी दिए।

त्यस्तै, सोही ठाउँकै ६० वर्षीय तिलक कुमाल घाइते छन्।

उनीहरू तीनै जना सोमबार आफन्तको घरमा पूजामा सहभागी भएर घर फर्किंदै थिए। त्यसैक्रममा राति ८ बजे बाटो माथिबाट गएको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको हो।

घाइते तिलकको सोमबार राति नै उद्धार गरिए पनि दुई जनाको भने मंगलबार बिहानमात्रै शव फेला परेको हो।

बाटोभन्दा करिब एक सय मिटर तल नालीको छेउबाट शव निकालिएको महतोले बताए।सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगबाट शव निकालिएको थियो।

घाइतेको अवस्था भने सामान्य छ।

 

प्रकाशित मिति : २०७७ असोज ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *