२०८३ असार २ गते मङ्गलवार

बङगलाचुलीमा जनमोर्चाको पार्टी प्रवेश कार्यक्रम


घोराही, असोज २ । दाङको बङगलाचुली गाउँपालिकामा शुक्रवार राष्ट्रिय जनमोर्चाले पार्टी प्रवेश कार्यक्रम गरेको छ । कमिरेचौरमा आयोजित कार्यक्रममा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टी परित्याग गरि विभिन्न युवाहरु राष्ट्रिय जनमोर्चामा पार्टी प्रवेश गरेको जिल्ला अध्यक्ष गणेश आचार्यले जानकारी दिए ।

सुमन घर्तीको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष आचार्यले सबैलाई अबिर लगाई दिएर पार्टीको सदस्यता प्रदान गरेका थिए । त्यसक्रममा झन्डै ३० जना जति युवाहरु जनमोर्चामा पार्टी प्रवेश गरेका थिए । अखिल नेपाल युबक संघका जिल्ला सदस्य डोरबहादुर केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका जिल्ला सचिब तुलसिराम पन्थिले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *