दाङ, भदौ २७ । शनिवार बाँकेमा ४० जना नयाँ संक्रमित थपिएका छन् ।
भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्यावमा परीक्षण गर्दा थप ५ जनामा संक्रमन पुष्टि भएको छ ।
शनिवार फेला परेका संक्रमित मध्य १२ महिला र २८ पुरुष छन् ।
हालसम्म बाँकेमा संक्रमितको संख्या १ हजार ४ सय ४ जना पुगेको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
बाँकेमा यो खवर तयार पार्दासम्म ४ सय १४ जना सक्रिय संक्रमित रहेको श्रेष्ठले बताए ।
यसैबीच शनिवार बाँकेका १५ जना उपचार पछि निको भएर घर फर्किएका छन् । हालसम्म कुल ९ सय ८५ जना उपचार पछि घर फर्किएको श्रेष्ठले बताए ।
बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति : २०७७ भाद्र २७ गते शनिवार
