२०८३ असार २८ गते आइतवार

विद्युत अनियमितलाई हटाउन माग गर्दै जेसीजद्धारा ध्यानाकर्षण

तुलसीपुर,भदौ १० ।  दाङको तुलसीपुरमा दैनिक रुपमा भइरहेको विद्युत अनियमिततालाई हटाउनुपर्ने एक कार्यक्रमका सहभागीले माग गरेका छन ।

तुलसीपुर नगर जेसिजले बुधवार तुलसीपुरमा आयोजना गरेको विद्यतु आपुर्ति अनियमितता सम्बन्धी ध्यानाकर्षण तथा अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीले विद्युत अनियमिततालाई हटाउनुपर्ने माग गरेका हुन ।

कार्यक्रममा प्यावसन दाङका जिल्ला उपाध्यक्ष विजय जिएमले कोभिड–१९ कारण शिक्षा क्षेत्र बढी प्रभावित भएको र अनलाइन कक्षाहरु बैकल्पीक शिक्षाको रुपमा चलिरहेको अवस्थामा विद्युत अनियमितता हुदाँ विद्यार्थी÷शिक्षक यसको प्रत्यक्ष मारमा परेको गुनासो गरे ।

त्यस्तै पत्रकार तथा व्यवसायी देविराम कुसारीले विद्युत अनियमितताका कारण प्रायजसो व्यापार,उद्योग,कलकारखानाहरु बन्द हुने अवस्थामा पुगेको बताए । लकडाउन भएपछि १ महिनासम्म नियमित विद्युत गयो,उनले भने,–त्यसपछि अहिले लकडाउन खुकुलो भएपनि रातमा त बत्ती नै जादैन,दिनमा पनि सयौँ पटक झ्याप्प झ्याप्प काटिन्छ,यसले गर्दा म लगाएत आम व्यापारीहरु मारमा परेका छौँ ।

कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य सघंका अध्यक्ष विरबहादुर रावतले विद्युत अनियमित हुँदा उद्योगहरुमा समस्या थपिएको बताए । यसक्षेत्रमा यस्तो समस्या वर्षौ देखि छ उनले भने,–हामी दर्जनौ पटक ध्यानाकर्षण गराउन कार्यालयमा पुग्छौ, तर प्राधिकरणले बारम्बार आश्वासन मात्र दिने गरेको छ । उनले कानमा तेल राखेर बस्ने प्रवृतीलाई हटाई प्राधिकरणको समस्या समाधान गर्न कटिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा बोल्दै नेपाल विद्युत वितरण केन्द्र तुलसीपुरमा प्रमुख जगन्राथ लामिछानेले आफु तुलसीपुर सरुवा भएर आएपछि धेरै सुधारका कामहरु गरेको बताए ।

अहिले सिस्टम फेल,क्वालेटी सुधार, बातावरणीय असर लगाएतका कारण गाँउ–गाउँसम्म पुग्ने विद्युतमा समस्या आउँदा विद्युत अनियमितता हुने गरेको बताए । जिल्लाको सबै भन्दा ठुलो वितरण केन्द्र तुलसीपुर भएपनि विभिन्न कारणले विद्युत अनियमितता भैरहेको भन्दै उनले अबको १ महिना भित्र यी सबै समस्याहरु हल गर्ने प्रतिबद्धता जनाए ।

तुलसीपुर नगरजेसीज वर्ष २०२० का अध्यक्ष मोहन सुनारको अध्यक्षतामा भएको कार्यक्रममा ऐन प्यावसन दाङका अध्यक्ष विमल गौतम,नेपाल भलिवल सघं प्रदेश इञ्चार्ज देवेन्द्र बैरागी,जेसीजका पुर्व अध्यक्ष विमल पौडेल,दिपेश भण्डारी, वर्ष २०२० का उपाध्यक्ष मेघराज पोख्रेल,पत्रकार नारायण खड्का लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण वर्ष२०२० का कार्यकारीणी उपाध्यक्ष एकराज भण्डारी र महासचिव केशवराज केसीले गरेका थिए ।

साथै सो अवसरमा तुलसीपुर नगर जेसीजले नेपाल विद्युत प्राधिकरण तुलसीपुरलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ ।

 

प्रकाशित मिति : २०७७ भाद्र १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *