
असार २४। चीनको गुइझाउ प्रान्तमा बस जलाशयमा डुब्दा २१ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन् । मंगलबार गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडकको अवरोधका कारण बस पुलबाट तल जलाशयमा खसेको थियो ।
गाओकाओ विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेका हुन् । तर पनि बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन । दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ ।
गुइझाउ आगो नियन्त्रण विभागले १९ जना गोताखोरसहित १४१ जना अग्नि नियन्त्रकहरु डुबेकाहरुको खोजी र उद्धार कार्यमा निरन्तर लागिरहेको जनाएको छ ।
#BREAKING: A bus carrying students hit and broke a road fence and plunged into a reservoir in Anshun, SW China’s Guizhou Province around 12pm Tue. Rescue work is underway. There are currently no details on casualties pic.twitter.com/iy2WQ0Iyn2
— People’s Daily, China (@PDChina) July 7, 2020