
तुलसीपुर ,असार १३ । खोलामा डुवेर चार बर्षीय एक बालकको मृत्यु भएको छ ।घोराही उपमहानगरपालिका वडा नं. १८ मसिना निवासी४ बर्षीय आरएन विकको कटुवा खोलामा डुवेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काका अनुसार शनिवार दिउँसो साढे १ बजेतिर विक खेल्ने क्रममा पानीमा डुवेका थिए । साथी संगैखेल्ने क्रममा बालक खोलामा डुवेको भन्ने खवर आएको प्रहरीले बताएको छ ।
बालकलाई उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए लगतै चिकित्सकले मृत घोषना गरेका थिए ।शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरस्थितमा ल्याइएको छ ।
प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
