२०८३ मङ्सिर ९ गते मङ्गलवार

५ नं. प्रदेशमा साढे २ महिनामा ३९३ जनाद्धारा आत्महत्या

तुलसीपुर, असार १३ । प्रदेश नं. ५ मा चैत ११ गतेदेखि जेठ महिनासम्म ३९३ जनाले आत्महत्या गरेका छन् ।प्रदेश नं. ५ का १२ जिल्लामा ८२ दिनमा ३९३ जनाले आत्महत्या गरेका हुन ।चैत ६९ जना, वैशाखमा ११७ जना र जेठमा १२७ जना गरिकुल ३९३ जनाले आत्महत्या गरेका छन्  ।प्रहरीको तथ्याङ्कले  दैनिक ४ जना बढीले आत्महत्या गरेको देखाएको छ ।

५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका प्रहरी प्रबक्ता प्रहरी बरिष्ठ उपरिक्षक राजकुमार बैदवारले प्रदेश नं. ५ मा यो अवधिमासबैभन्दा धेरै कृषकले आत्महत्या गरेको बताए । चैत ११देखि जेठ मसान्तसम्म १४४ जना कृषक, ज्यामी ÷ मजदुरी गर्ने ४५ जना, गृहणी४३ जना, बेरोजगार ३० जना, विद्यार्थी २९ जना, बैदेशिक रोजगारीका ६ जना, व्यापारी ४ जना, चालक–सहचालक २ जना, कर्मचारी १जना, राजनीतिज्ञ १ जना र अन्य ९ जनाले आत्महत्या गरेका छन् ।

कृषक तर्फ चैतमा ३९, बैशाखमा ४४ र जेठमा ६१ जनाले संख्या क्रमिक रुपमा बढ्दै गएको देखिएको छ ।वितेको अढाई महिनाको अवधिमा पुरुष १७७, महिला १२९  र अन्य ८ जनाले आत्महत्या गरेका छन् ।चैतमा महिला २७ र पुरुष ४२, बैशाखमा महिला ३९ र पुरुष ६५, जेठमा महिला ५३ र पुरुष ७० र अन्यमा बैशाखमा ४ र जेठमा ४ जनालेआत्महत्या गरेका छन् ।

 

प्रकाशित मिति : २०७७ असार १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *